निफ्राको नगद लाभांश घोषणा
Last updated at 10:53 am
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ६ दशमलव ३१५८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले लााभांश पाउने छन् ।
Visited 10 times, 1 visit(s) today
