१० गुणा बढ्यो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा
Last updated at 10:20 am
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट(एनआरएन) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १० गुणा बढेको छ।
गत आवको असारमसान्तसम्मम कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १० गुणा अर्थात् ८८९ दशमलव शून्य ४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३ दशमलव ४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी पनि १८ दशमलव ६५ प्रतिशतले घटेको छ। सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ।
जसका कारण कम्पनीको कुल आम्दानी ९०० प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा छ भने मूल्य आम्दानी अनुपात ४३ दशमलव ६४ गुणा छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ छ । धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार २२० रुपैयाँ छ ।