हरित ऊर्जा ऋणपत्र ल्याउन निफ्राले पायो अनुमति
Last updated at 06:42 pm
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि स्वीकृति पाएको छ ।कम्पनीलाई हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
सात वर्षे अवधिको यो ऋणपत्रको ब्याजदर ६ प्रतिशत छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्नेछ । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ ।
अंकित मूल्य १ हजारका दरले कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।यसमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् ।’
‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत/२०८८/८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकमास कार्यमा प्रयोग गरिने कम्पनीले बताएको छ ।
‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनीकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त ऋणपत्रलाई अनुमति प्रदान गरिएको छ’ बोर्डले एक सूचनामार्फत भनेको छ।