एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा वृद्धि,यस्ता छन् अन्य सूचक
Last updated at 01:05 pm
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ९४ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चैत मसान्तसम्ममा कम्पनीको वित्तीय आम्दानी १८ दशमलव २० प्रतिशतले घटेको छ। यसैगरी, कम्पनीको कुल आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि १३९ दशमलव ४१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेको देखिन्छ। कम्पनीको यस्तो आम्दानी बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ।
यस कम्पनीको रिटेन्ड अर्निङ्गमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।त्यस्तै, चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा छ भने मूल्य आम्दानी अनुपात २४५ दशमलव ५३ गुणा छ।कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड ४३ लाख रुपैयाँ छ ।
साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार २० रुपैयाँ छ ।