पोखरा फाइनान्स र समृद्धि फाइनान्स बीच मर्जर सम्झौता
Last updated at 09:55 am
पोखरा फाइनान्स लिमिटेड अन्तत : मर्जरमा जाने भएको छ । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र समृद्धि फाइनान्स बीच मर्जर हुन लागेको हो ।
आइतबार पोखरामा भएको प्रारम्भिक सम्झौतामा दुवै कम्पनीका बरिष्ठ अधिकारीहरुले हस्ताक्षर गरेका छन् । कम्पनीले लामो समयदेखि मर्जरका लागि उपयुक्त संस्थाको खोजी गरिहेको थियो ।
पोखरा फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र शेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले मर्जर प्रक्रियालाई अगाडि बढाएको बताएको हो ।स्रोतका अनुसार दुवै कम्पनी १ : १ अनुपातमा मर्जर हुन लागेका हुन् ।
विसं २०५३ सालदेखि सञ्चालनमा रहेको पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रमा स्थापित तथा पुरानो वित्तीय संस्थाका रूपमा परिचित छ । पोखरा फाइनान्सको चुक्तापूँजी १ अर्ब ८ करोड छ ।समृद्धि फाइनान्सको चुक्तापूँजी भने ८१ करोड रुपैयाँ हाराहारीमा छ ।