कृषि विकास बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा
Last updated at 10:16 am
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।गत कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो
कम्पनीले हाल कायम चुक्तापूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ३ दशमलव २५ प्रतिशत बोनस र लाभांशमा लाग्ने करसमेत गरी ९ दशमलव ७५ प्रतिशत नगद लाभांश छ ।
साथै सोही बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमासमेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
Visited 11 times, 1 visit(s) today
