पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफामा सामान्य बढोत्तरी
Last updated at 09:16 am
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको देखिन्छ।
चालू आवको असोज मसान्तसम्ममा कम्पनीले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ९२ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९ दशमलव शून्य ६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १२ दशमलव २० प्रतिशतले वृद्धि भएको छ। यसैगरी, सोही अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी १८ दशमलव २७ प्रतिशत र सञ्चालन मुनाफा १० दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ३५ दशमलव ५६ प्रतिशतले घटेको छ। यसैगरी, कम्पनीको निष्क्रिय कर्जा भने ३ दशमलव ९६ प्रतिशतबाट बढेर ४ दशमलव ४१ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ भने मूल्य आम्दानी अनुपात २० दशमलव १८ गुणा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा छ।कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीको रिजर्भ कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको चुक्तापूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ छ ।
