मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा
Last updated at 10:52 am
मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।गत असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ छ ।हाल दोस्रो बजारमा उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५५ रुपैयाँ छ ।
Visited 3 times, 1 visit(s) today