मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश
Last updated at 11:00 am
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले १८ दशमलव २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १३ दशमलव ५३ प्रतिशत बोनस शेयर छ भने ४ दशमलव ६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले लाभांश पाउने छन्।
Visited 13 times, 1 visit(s) today
