नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद असोज २ गतेदेखि निष्कासनमा
Last updated at 10:51 am
नारायणी डेभलपमेन्ट बैंकले आगामी असोज २ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६०० कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयरमा शेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई हकप्रद निष्कासनका लागि रेटिङ प्रदापक कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्योर रेटिङ सी प्लस रेटिङ’ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।
Visited 5 times, 1 visit(s) today