सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५३ करोड ७० लाख
Last updated at 09:30 am
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ६ दशमलव ५ प्रतिशतले बढेको छ ।
कम्पनीले उक्त अवधिमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१३ दशमलव ८१ प्रतिशतले बढी हो। अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ दशमलव ३६ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी भने ९ दशमलव १५ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीकोको कुल सञ्चालन पनि ३ दशमलव ३९ प्रतिशत र सञ्चालन मुनाफा १० दशमलव शून्य ६ प्रतिशतले बढेको छ।
कम्पनीको मूल्य आम्दानी अनुपात ३० दशमलव ६५ गुणा छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ । कम्पनीको लाभांश क्षमता ११ दशमलव ६४ प्रतिशतसम्म छ ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।गत आवसम्ममा कम्पनीको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ छ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४८४ रुपैयाँ छ ।