एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा
Last updated at 10:23 am
एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउने छन् ।कम्पनीको चुक्तापूँजी १८ अर्ब ३७ करोड रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today
