ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा
Last updated at 11:16 am
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
गत असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउने छन् ।
हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३८ रुपैयाँ हाराहारी छ ।हाल कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ छ ।
Visited 2 times, 2 visit(s) today