सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
Last updated at 11:20 am
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० दशमलव ५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस शेयर छ भने ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।
असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले लाभांश पाउने छन् ।
Visited 1 times, 1 visit(s) today