सानिमा बैंकद्वारा लाभांश घोषणा
Last updated at 10:47 am
सानिमा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ दशमलव ३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
गत असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
Visited 4 times, 1 visit(s) today