वाणिज्य बैंकहरुको ब्याजदर असोजमा पनि घट्यो
								    				
							    			Last updated at 10:34 am
वाणिज्य बैंकहरुले असोज महिनाका लागि पनि ब्याजर घटाएका छन् । ती कम्पनीहरुले मंगलबार नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्।जसअनुसार ती कम्पनीको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ।
भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशतविन्दु रहेको ती कम्पनीहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५ दशमलव ४६३५ प्रतिशत विन्दुमा झरेको छ। समीक्षा अवधिमा ती कम्पनीहरुको यस्तो ब्याजदर शून्य दशमलव ११ प्रतिशत विन्दुले घटेको हो।
२० वटा वाणिज्य बैंकहरुमध्ये नौ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएकाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर घट्न पुगेको हो। प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले भदौ महिनाको तुलनामा असोज महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव ५ प्रतिशतविन्दु घटाएको हो।
त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले शून्य दशमलव २५ प्रतिशत विन्दुले घटाएका छन् भने कुमारी बैंकले शून्य दशमलव २ प्रतिशतविन्दु घटाएको छ।
यसैगरी, असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका हुन्। यी दुई बैंकले क्रमश शून्य दशमव २५ प्रतिशत विन्दु र शून्य दशमलव शून्य ५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्। बाँकी नौ वटा बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकमा कुमारी बैंक छ। सो बैंकले अधिकतममा ५ दशमलव शून्य १ प्रतिशतका दरले ब्याज दिनेछ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत छ। एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन्।
सात वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको देखिन्छ। अन्य १३वटा बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
