एभरेष्ट बैंकले गर्यो बम्पर लाभांश घोषणा, बोनस कति ?
Last updated at 10:44 am
एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट २० प्रतिशतको बम्पर लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांशमा १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस शेयर छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो । लाभांश घोषणा गर्ने एभरेष्ट दोस्रो वाणिज्य बैंक हो।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।
Visited 3 times, 3 visit(s) today