कुमारी बैंकको नाफा २ अर्ब ११ करोड,यस्तो छ वित्तीय सूचक
Last updated at 01:37 pm
कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४५ हजार ८२९ प्रतिशतले बढेको छ।
गत आवको अन्त्यसम्ममा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण कम्पनीको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो।
कम्पनीले २०८१ असार मसान्तसम्मको तथ्यांकमा इम्पेरमेन्ट चार्ज परिवर्तन गरेका कारण यस्तो हुन पुगेको हो। गत वर्ष प्रकाशित विवरणमा २०८१ चौथो त्रैमाससम्ममा बैंकको इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ थियो। जुन अहिले प्रकाशित वित्तीय विवरणमा ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीले सो अवधिमा ११ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।यसैगरी, कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको खुद सञ्चालन आम्दानी ११ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीकोल इम्पेयरमेन्ट चार्ज २ अर्ब ७६ करोड रुपैयाँमा सीमित बनेको छ भने रिटेन्ड अर्निङ २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ ।
गत असार मसान्तसम्ममा कम्पनीले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ६ दशमलव ४२ प्रतिशत छ ।त्यस्तै कम्पनीको रिजर्भ कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव शून्य ७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ ।त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २७ दशमलव २३ गुणा छ ।
कम्पनीको चुक्तापूँजी २६ दशमलव २३ अर्ब रुपैयाँ छ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २१५ रुपैयाँ छ ।