ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि
Last updated at 11:37 am
ग्लोबल फाइनान्स म्यागजिन एशिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ ।
प्रतिष्ठित यो पुरस्कार एशिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो ।
‘लगातार दुई वर्ष यो मान्यता प्राप्त गर्नुले हाम्रो बलियो प्रदर्शन, रणनीतिक ध्यान र ग्राहकप्रतिको समर्पणलाई प्रतिबिम्वित गर्दछ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भनेका छन् ।
डिजिटल क्षमता विस्तार गर्ने, खुद्रा तथा एसएमई सेवालाई सुदृढ गर्ने र समावेशितालाई बढाउँदै लैजानु नै बैंकको प्रगतिको प्रमुख कारण भएको उनले बताए ।
नेपालभर बैंकिङ सेवालाई प्रभावकारी बनाउन यो उपाधिले हौसलता प्रदान गरेको रेग्मीले बताए ।
Visited 3 times, 1 visit(s) today