तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा घट्यो
Last updated at 07:28 am
एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।
समीक्षा अवधिमा कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९१ दशमलव ८१ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी घटेको र इम्पेयरमेन्ट चार्ज बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको देखिन्छ ।
यसैगरी, समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ दशमलव ७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ४० दशमलव ६६ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १० दशमलव ७७ प्रतिशत र सञ्चालन मुनाफा ६४ दशमलव ४० प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा सीमित भएको छ।
यसैगरी,समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २६६ दशमलव ६४ गुणा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ।
कम्पनीको रिजर्भ कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। कम्पनीले समीक्षा अवधिसम्ममा २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।