कुमारी बैंकको नाफामा ७२.८५% ले गिरावट, यस्ता छन् अन्य वित्तीय सूचक
Last updated at 05:25 pm
कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आवको यसैअवधिको तुलनामा ७२ दशमलव ८५ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ६ दशमलव २७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ ।
गत वर्ष उक्त आम्दानी ८ अर्ब ४२ करोड थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको देखिन्छ। कम्पनीको रिजर्भ कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ ।
त्यस्तै, समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १ दशमलव ४५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३४ दशमलव ४३ रुपैयाँ छ । यसैगरी, कम्पनीको खराब कर्जा ४ दशमलव ९५ प्रतिशतबाट बढेर ६ दशमलव ९८ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ ।