अधिकांश बैंकको ब्याजदर स्थिर, ३ वटा वाणिज्य बैंकले मात्र घटाए
Last updated at 01:15 pm
वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले आइतबार विसं २०८२ वैशाख महिनाका लागि लागू हुने गरि बैंक ब्याजदर सार्वजनिक गरेका छन्।
२० वाणिज्य बैंकहरुमध्ये तीन वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले मात्र बढाएको छ। बाँकी १६ बैंकहरुको यस्तो खातामा अधिकतम ब्याजदर स्थिर रहेको पाइएको छ।
कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। ती कम्पनीहरुको अधिकतम ब्याजदर क्रमशः शून्य दशमलव शून्य ९ प्रतिशत, शून्य दशमलव १ प्रतिशत र शून्य दशमलव ३५ प्रतिशत विन्दुले घटेको छ।
ब्याजदर बढाउने बैंकमा एभरेष्ट बैंक छ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा उक्त कम्पनीले शूनय दशमलव ६१ प्रतिशत विन्दुले बढाएको छ। अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
जसमा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैत महिनाकै कायम हुने गरि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर वैशाखमा निरन्तरता दिएका छन्।
बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने चैतको तुलनामा वैशाखमा औषतमा शून्य दशमलव शून्य ६४ प्रतिशत विन्दुले घटेको छ।