वाणिज्य बैंकको ब्याजदर घोषणा, कुन बैंकको कति ? [सूचीसहित]
Last updated at 07:22 am
अधिकांश वाणिज्य बैंकले चैत महिनाका लागि ब्याजदरलाई समायोजन गरेका छन् । बिहीबार प्रकाशित सूचना अनुसार ती कम्पनीहरु मध्ये केहिले चैत महिनाको ब्याजदर बढाएका छन् भने । त्यसैगरी केहि कम्पनीले स्थिर राखेका छन् भने केहिले ब्याजदर घटाएका छन् ।चैत महिनामा अधिकांश बैंकको बचत खाताको ब्याजदर भने स्थिर छ ।
लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर शून्य दशमलव शून्य ८ प्रतिशतले कमी भई ५ दशमलव ९३ प्रतिशत कायम भएको छ। फागुनमा औसत ब्याजदर ६ दशमलव शून्य १ प्रतिशत थियो।
त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने आठ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । जसमा पाँच वटा बैंकले ब्याजदर बढाएका छन् भने ती वटा बैंकले ब्याजदर घटाएका छन् ।
जसअनुसार कुमारी बैंकले शून्य दशमलव १० प्रतिशत विन्दु तथा एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान शून्य दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले शून्य दशमलव ५०, सानिमा बैंकले शून्य दशमलव ३० र नेपाल बैंकले शूनय दशमलव २० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
यता, संस्थागत मुद्दती निक्षेपतर्फ सात वटा बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीन बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले शून्य दशमलव २५ र कुमारी बैंकले शून्य दशमलव २६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।
त्यस्तै, हिमालयन बैंकले शून्य दशमलव २५, लक्ष्मी सनराइज बैंकले शून्य दशमलव ५० र सिटिजन्स बैंकले शून्य दशमलव ६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
हेर्नुहोस् तालिकामा :