वाणिज्य बैंकको पोर्टफोलियो मूल्यांकनकर्ता खोज्ने समय थप
Last updated at 03:50 am
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पोर्टफोलियो मूल्यांकनकर्ताको लागि प्रस्तावना पेश गर्ने मिति एक साता थप गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रस्तावकले प्रस्ताव गर्ने मिति जनवरी १३ सम्म थप गरेको छ ।
यसअघि पुस ६ गते सूचना जारी गर्दै राष्ट्र बैंकले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसको म्याद मंगलबार सकिँदै थियो ।
ती संस्थाहरूले प्रत्येक मूल्यांकन प्रक्रियामा सहभागी बैंकको ऋण पोर्टफोलियो समीक्षाका सबै तत्त्वहरूमा बाह्य परामर्शदाताद्वारा प्रतिवेदन जारी गर्ने र नेपालको बैंकिङ तथा वित्तीय प्रणालीमा परेको प्रभावको समग्र मूल्याङ्कनसहितको समग्र प्रतिवेदन सिफारिस गर्नेछ ।
राष्ट्र बैंकले यसअघि गत मार्च २२ गते पहिलो पटक उक्त आशयपत्र खुला गरेको थियो ।