मौद्रिक नीतिले शेयर बजारमा उत्साह ल्याउने संकेत(पूर्णपाठसहित)
Last updated at 06:24 pm
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति शेयर बजारमा उत्साह ल्याउने संकेत देखिएको छ ।
लामो समयदेखि बढ्न नसकेको शेयर बजार अनुकुल मौद्रिक नीति आएका कारण अब अगाडि बढ्ने संभावना छ । हुन त नेपालको सन्दर्भमा मौद्रिक नीतिले नेपालको पूँजीबजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्दै आएको छ ।
यसअघि बारम्बार पूँजीबजारले मौद्रिक नीतिप्रति गुनासो गर्दै आएकोमा यसपटक भने गभर्नर प्राडा विश्वनाथ पौडेलले मनोभावना छाडेर यसको परिपूर्ति गरेको जस्तो देखिन्छ ।
मौद्रिक नीति मार्फत् व्यक्तिगत तर्फको शेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँ कायम गरिएको छ । यसअघि, भने व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ थियो।
यद्यपि, संस्थागत तर्फको शेयर धितो कर्जाको सीमा भने केन्द्रीय बैंकले यसअघि नै हटाइसकेको थियो । यस्तै, केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको थियो ।
‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ’, गभर्नर पौडेलले भने ।
यसका साथै राष्ट्र बैंकले घरजग्गा कारोबारमा पनि सहज नीति अपनाएको छ । केन्द्रीय बैंकले निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ ।
यस्ताे छ माैद्रिक नीतिकाे पूर्ण पाठ :