नेपाल एसबीआई बैंकको सीईओ रामकुमार तिवारीद्वारा पदभार ग्रहण,दिपक कुमार पदमुक्त
Last updated at 06:14 pm
नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्त भएका रामकुमार तिवारीले पदभार सम्हालेका छन्।
कम्पनी सञ्चालक समिति बैठकले सीईओ तथा प्रवन्ध सञ्चालकको रुपमा नियुक्त गरेबमोजिम माघ ३ गतेदेखिबाट पदभार सम्हालेका हुन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत स्टेट बैंक अफ इन्डिया(एसबीआई बैंक) बाट खटिएर आउने प्रचलन छ ।
हाल कम्पनीको सीईओको रुपमा आएका दिपक कुमार देलाई फिर्ता पठाउन स्टेट बैंकले अनुरोध गरेकोले जनवरी १५ देखि उनलाई पदमुक्त भएका छन् ।
स्टेट बैंककै सिफारिस बमोजिम तिवारीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियूक्त गरिएको हो । दे २०७७ साउनमा नेपाल एसबीआई बैंकको सीईओ नियुक्त भई आएका थिए । उनको कार्यकाल भदौ ३१ मै सकिए पनि कम्पनी सञ्चालक समिति बैठकले ६ महिनाका लागि अवधि थप गरेको थियो ।
नयाँ सीईओको रुपमा पदभार सम्हालेका तिवारी स्टेट बैंक अफ इन्डियाका जनरल म्यानेजर थिए ।