नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख, यस्ता छन् विशेषता
Last updated at 11:09 am
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले राय सुझाव र मागलाई ध्यानमा राख्दै बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु सम्मिलित जुम मिटिङ मार्फतकम्पनीका प्रमुख कार्यकारी अधिकृतले उक्त बीमालेखको उद्घाटन गरेका हुन् ।
सो अवसरमा उनले विगतमा पनि अभिकर्ता तथा बीमितहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझबढि परिष्कृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बालबच्चाको सुमधुर भविष्यसँग सम्वन्धित यो योजना अब्बल रहेको बताए ।
बीमालेख योजनाका विशेषताहरुका बारे बजार विभाग प्रमुख विवेक शर्माले बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको बताए । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानूनी संरक्षक हुनुपर्नेछ ।
बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्मलिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रुपमा बुझाउन सकिने व्यवस्था छ ।
यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष छ । साथै, चुक्तामूल्य, ऋण, समर्पण मूल्य र आयकर छूट लगायतका अन्य सुविधाहरु पनि यस बीमालेखमा छ ।
यस बीमालेखलाई प्रवर्द्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको उनले बताए । साथै उनले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेबसाइट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।