ई-सेवाको १२ औं वार्षिक साधारण सभा सम्पन्न
Last updated at 11:41 am
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई- सेवा लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान विवरण, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरूमाथि छलफल गरी पारित गरेको छ।
मोबाइल टपअप सेवा मार्फत शुरु भएको उक्त कम्पनीले हाल २ हजारभन्दा बढी सेवाहरू प्रदान गरिरहेको छ। यसका साथै कम्पनीले इजी लोन, ईस्पिकर, र मर्चेन्ट लिङ्क जस्ता नयाँ सुविधाहरू पनि शुरू गरेको छ।
हाल कम्पनीमा ४९ बैंक तथा वित्तीय संस्थाहरू साझेदार छन्। ई-सेवाका प्रयोगकर्ताहरूको संख्या १ करोड ३० लाख नाघेको छ भने करिब २ लाख ८० हजार एजेन्टहरूमार्फत सेवा प्रदान भइरहेको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख जगदीश खड्का र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो। सो अवसरमा प्रमुख कार्यकारी खड्काले ई सेवाले नेपालमा पहिलो पटक प्रयोगकर्ताले निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने सुविधा शुरुवात गरेको र भविष्यमा बचत तथा लगानी जस्ता नवीनतम सेवाहरू थपेर ग्राहकहरूको हित र वित्तीय व्यवस्थापनलाई सहज बनाउने लक्ष्य राखेको जानकारी गराए।
कम्पनीले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थप्दै नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएको छ।