फोनपे पेमेण्ट सर्भिसको साधारण सभा सम्पन्न, १०.५३% नगद लाभांश प्रस्ताव पारित
Last updated at 11:42 am
फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीको साधारण सभा गत पुष २९ गते एलिस कन्फरेन्स पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
यसका साथै, सभाले आव २०८१/८२ को लेखापरीक्षणका लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
Visited 1 times, 1 visit(s) today