मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न
Last updated at 10:42 am
मुक्तिनाथ विकास बैंकको १८ औं वार्षिक साधारण सभा सोमबार पोखरामा सम्पन्न भएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रतिशेयर १०० रुपैयाँका दरले १ अर्ब रुपैयाँबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
साथै सोही सभाले आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।सभाले काठमाडौंको कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, नवनिर्मित भवन लाजिम्पाटमा स्थानान्तरण गर्ने लगायतका अन्य प्रस्तावहरु पनि सर्वसम्मत रुपले पारित गरेको छ।
उक्त सभामा कम्पनीका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि विभिन्न शेयरधनीहरुबाट सल्लाह सुझाव दिएका थिए ।