नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?
Last updated at 12:38 pm
नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर छ भने करप्रयोजनसहित ११.०५ प्रतिशत नगद लाभांश छ।
गत पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीले पाउने छन्।
हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ ।अघिल्लो आवको मुनाफाबाट कम्पनीले २१ दशमलव ०५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।