हरित जलवायु कोषमा जोडियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Last updated at 04:28 am
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हरित जलवायु कोष (ग्रिन क्लाइमेट फण्ड) अन्तर्गतका आयोजना चलाउने संस्थाहरूले मापदण्ड पूरा गरेरनगरेको मूल्यांकन तथा प्रमाणीकरण (एक्रिडिटेसन) गर्ने अधिकार पाएको छ।
कम्पनीले ५ करोडदेखि २५ करोडसम्मका आयोजनाहरू कार्यान्वयन गर्ने संस्थाहरूको मूल्यांकन र प्रमाणीकरण गर्न पाउने भएको हो।
हरित जलवायु कोष सन् २०१० मा ऐतिहासिक प्यारिस सम्झौता अन्तर्गत १९४ मुलुक सदस्य रहने गरी बनाइएको कोष हो।
कम्पनीले हाल मुलुकभर रहेका दुई सय ७२ शाखा, ८१ शाखा रहित सेवा, दुई सय ६६ एटिएम र ६५ एक्सटेन्सन काउन्टर मार्फत् ३२ लाखभन्दा बढीलाई बैंकिङ सेवा दिइरहेको छ।
Visited 1 times, 1 visit(s) today