१८ हजार बिरुवा रोप्ने ग्लोबल आइएमई बैंकको घोषणा
Last updated at 01:52 pm
ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा रोप्ने घोषणा गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार बिरुवा रोप्ने घोषणा गरेको हो ।उक्त कम्पनीले चालू आवमा देशका विभिन्न स्थानमा स्थानीय संघरसंस्थासँगको सहकार्यमा १८ हजार बिरुवा रोप्ने बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्रराज रेग्मीले वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित कार्यालय परिसरमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका छन् ।
सीईओ रेग्मीले चालू आर्थिक वर्षभरि १८ हजार बिरुवाहरू रोप्ने जानकारी दिएका छन् ।पुस १८ गते ग्लोबल आइएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।