नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो, यस्ता छन् अन्य सूचक
Last updated at 09:55 am
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
बुधबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण उक्त अवधिमा कम्पनीले १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ८ दशमलव ५० प्रतिशतले कमी हो ।
समीक्षा अवधिसम्ममा कम्पनीको स्पेसल रिजर्भ कोषमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ छ।
यसैगरी कम्पनीको पुनर्बीमा कोषमा १० अर्ब ४३ करोड ९१ लाख रुपैयाँ छ। त्यस्तै कम्पनीको शेयर पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीले १२ अर्ब २३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ५८ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लोाआवको सोही अवधिमा कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ दशमलव ५४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६३ दशमलव ३४ गुणा छ।
कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३३१ रुपैयाँ छ ।
