होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन
Last updated at 06:49 pm
होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै मंगलबार नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४७ करोड ४ लाख रुपैयाँबराबरको ४७ लाख ४ हजार कित्ता शेयर निष्कासनको स्वीकृतीका लागि सेबोनमा निवेदन पेश गरेको हो ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासनमा आउने छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल छ ।
९० करोड अधिकृत पूँजी र ५३ करोड रुपैयाँ जारी पूँजी रहेको उक्त कम्पनीको चुक्तापूँजी ३५ करोड ६५ लाख रुपैयाँ छ ।
Visited 3 times, 1 visit(s) today
