हकप्रद शेयर निष्कासन गर्न राधी विद्युत कम्पनीले धितोपत्र बोर्डसँग माग्यो अनुमति
Last updated at 09:16 am
राधी विद्युत कम्पनीले ६९ दशमलव ८९ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ६९८९ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २ गते बोर्डमा निवेदन पेश गरेको हो ।
कम्पनीको हकप्रद निष्कासन गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट यसअघि नै स्वीकृत भइसकेको छ।यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।
कम्पनीले ६९ दशमलव ८९ प्रतिशत शेयर बिक्रीबाट संकलित रकममध्ये ५२ दशमलव ४८ प्रतिशत रकम कसुवा खोला जलविद्युतमा आयोजनामा लगानी गर्ने र बाँकी १७ दशमलव ४१ प्रतिशत रकम बैंकको ऋण तिर्नका लागि उपयोग गर्ने बताएको छ ।
Visited 1 times, 1 visit(s) today
