नेपाल एसबिआई बैंकको लाभांश घोषणा
Last updated at 10:47 am
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको चार प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण बिक्री गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १० अर्ब ९० करोड रुपैयाँ छ ।
Visited 4 times, 1 visit(s) today
