ङादी ग्रूपको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
Last updated at 10:37 am
ङादी ग्रूप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले शेयरधनीका लागि हाल कायम चुक्तापूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लााभंश लगायतका विभिन्न प्रस्तावहरु पारित गर्न कम्पनीले आगामी मंसिर २५ गते बिहीबार १२ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ।
यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
