ग्रीनेदीको आईपीओ शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
Last updated at 12:05 pm
ग्रीनेदी इनर्जी लिमिटेडले जारी पूँजीको ३० प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका छन् । जसमा कम्पनीका अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका हुन्।
कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा ईदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत बैशाख ८ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बीमा, पूँजीबजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समूहको संग्लता रहेको कम्पनीले बताएको छ ।
आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित ऊर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष युरेशमान कायस्थले बताएका छन् ।
