शिवम् सिमेन्ट्सले घोषणा गर्यो लाभांश, मंसिर २५ मा साधारण सभा
Last updated at 10:05 am
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै सोही बैठकले आगामी मंसिर २५ गते बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १० गतेसम्म धितोपत्र बजारमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Visited 5 times, 1 visit(s) today
