लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
Last updated at 10:06 am
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । गत कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
Visited 10 times, 1 visit(s) today
