पहिलो त्रैमासमा बिक्री आम्दानी बढेसँगै सर्वोत्तम सिमेन्ट नाफामा
Last updated at 06:41 pm
सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ।
जसअनुसार उक्त कम्पनीले सो अवधिमा उल्लेख्य नाफा कमाएको छ । गत आवको पहिलो त्रैमाससम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बिक्री आम्दानी बढेकाले खुद नाफामा टेवा पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५ दशमलव ७७ प्रतिशतले बढेको छ भने कुल नाफा पनि ४०८ दशमलव ८१ प्रतिशतले बढेको छ। यसैगरी, पहिलो त्रैमासमा कम्पनीको वित्तीय खर्च १५ दशमलव ९१ प्रतिशतले घटेको छ भने कुल खर्च ८१ दशमलव ८९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा छ भने मूल्य आम्दानी अुनपात ३१ दशमलव ९१ गुणा छ। त्यस्तै समीक्षा अवधिसम्म्मा कम्पनीको रिजर्भ कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ । धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९०५ रुपैयाँ छ ।
