एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ प्रतिशत लाभांश घोषणा, बोलायो साधारण सभा
Last updated at 10:36 am
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।गत कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र २ दशमलव १०५ प्रतिशत (करप्रयोजनसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ।
सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित परिन गर्नेछ।
विशिष्टिकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले कम्तीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीका रुपमा कोष व्यवस्थापक कम्पनी स्थापना गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ छ ।
