सोलु हाइड्रोपावरले पायो आईपीओ अनुमति, २ अर्बको शेयर निष्कासन गर्ने तयारी
Last updated at 07:37 am
सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीले २ करोड कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १०० रुपैयाँका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल छ ।
उक्त कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।
Visited 4 times, 1 visit(s) today
