राधी विद्युत कम्पनीले कमायो करिब २८ करोड
Last updated at 10:40 am
राधी विद्युत कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ।
जसअनुसार उक्त कम्पनीको खुद नाफा ८११ दशमलव ६३ प्रतिशतले बढेको छ। गत आवको पहिलो तीन महिनासम्ममा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा रहेको उक्त कम्पनीको खुद नाफा समीक्षा अवधिमा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यसैगरी, समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ४ दशमलव ४६ प्रतिशत बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १ हजार ३९६ दशमलव शून्य ८ प्रतिशतले बढेको छ।
त्यस्तै कम्पनीको प्रतिशेयर बढेर ६० रुपैयाँ ५८ पैसा पुगेको छ।कम्पनीको प्रतिशेयर आम्दानी गत आवको सोही अवधिको तुलनामा ५३ रुपैयाँ ६२ पैसा बढेको हो। कम्पनीको नाफा उल्लेख्य बढेसँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको देखिन्छ।
पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा छ भने मूल्य आम्दानी अनुपात १० दशमलव ४३ गुणा छ।
यसैगरी, कम्पनीको अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७७९ रुपैयाँ छ ।
