शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
Last updated at 10:39 am
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा तीन प्रतिशत बोनस शेयर छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ८८ करोड रुपैयाँ छ ।
Visited 3 times, 3 visit(s) today
