माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा मंसिर २९ मा
Last updated at 10:34 am
माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव शून्य५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
गत कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछसाथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
Visited 10 times, 1 visit(s) today
