नेपाल बैंकको नाफामा सामान्य गिरावट
Last updated at 10:42 am
नेपाल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा सामान्य घटेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव ३१ प्रतिशत कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ६० करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ३८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८ दशमलव २३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी पनि १२ दशमलव ७५ प्रतिशत र सञ्चालन मुनाफा ३२ दशमलव ८१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक छ।
समीक्षा अवधिमा कमपनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव शून्य ५ गुणा छ।
कम्पनीको रिजर्भ कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। कम्पनीले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीको चुक्तापूँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ ।
