कालिका लघुवित्तको नाफामा सामान्य बृद्धि, यस्ता छन् अन्य सूचक
Last updated at 07:16 pm
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बिुधबार प्रकाशित विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६३ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ । यसैगरी, सोही अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३१ दशमलव २३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी पनि २५ दशमलव ४८ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि १९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
कम्पनीको रिजर्भ कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेर र सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा छ भने मूल्य आम्दानी अनुपात ५० दशमलव ८५ गुणा छ।हाल कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँ छ ।बुधबार धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
