शतप्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा विन्ध्यवासिनी हाइड्रोपावर
Last updated at 11:04 am
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ।
गत सोमबार अपरान्ह बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नुको उद्देश्य दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्नु रहेको छ।हकप्रद शेयर निष्कासन गर्न नियमनकारी निकायबाट स्वीकृति लिएर आगामी साधारणसभाबाट पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।
हाल कम्पनीको चुक्तापूँजी १ दशमलव १३ अर्ब रुपैयाँ छ ।
Visited 3 times, 5 visit(s) today
